स्थानीय निर्वाचन :आज पनि उम्मेदवारी दिन सकिने

Nirwachan aayog bilding

काठमाडौँ -स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए। आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए।

आज भने सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ।सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन। केन्द्रीय संसदीय समितिले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...