शैक्षिक योग्यता नपुगेका राष्ट्र बैंकका अधिकारी कसरी बने त ? नेपाल राष्ट्र बैंकको गर्भनर..!

यस अघि नेपाल राष्ट्र बैंक झण्डै ६ अर्ब ५० करोड रुपैयाँ घोटाला गरेको छ।

Gn

काठमाडाैं । यतिबेला हाम्राे देश नेपालमा नेपाल राष्ट्र बैंकका निलम्वित गर्भनर महाप्रसाद अधिकारीको विषयले बजारमा हलचल मचेकाे छ ।

कतिपयले निलम्बनमा परेका गर्भनर महाप्रसादलाई उनको व्यवहार अनुसारले नेपाल सरकारले जायज काम गरेको भनेका छन् भने कतिपयले स्वायत्त निकायको अधिकारी माथि सरकारले हस्तक्षेप गरेको भनि बुझेका छन् ।

राष्ट्र बैंक ऐन अनुसार सरकारले उनी माथि छानविन गर्न पाउँछ र छानविनका लागि समिति गठन भएलगत्तै उनी निलम्बनमा पर्छन् ।

अधिकारी निलम्बनको चर्चा चल्दै गर्दा उनी कानून अनुसार शैक्षिक योग्यता पुगेका व्यक्ति हुन या होइनन् यसको पनि चर्चा हुरू जरूरी छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० ग अनुसार राष्ट्र बैंकको गर्भनर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हु्नुपर्ने व्यवस्था छ । तर च्याटर एकाउन्टको ट्रेनिङ कोर्स गरेका अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गर्भनरमा नियुक्त गरेको थियो ।

उनलाई गर्भनरमा नियुक्त गर्ने समितिमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव कृष्णहरि बाँस्कोटा लगायतका व्यक्ति थिए ।

सीए ट्रेनिङलाई स्नातकोत्तर उपाधि सरह मानि उनलाई गर्भनर पदमा नियुक्त गरिएको थियो । जुन कानून अनुसारको योग्यता होइन ।

उनको शैक्षिक योग्यताको विषयमा सूचना माग हुँदा उनले दिन अस्वीकार गर्दै आएका छन् ।

उनको शेक्षिक योग्यता बारेका माग गरिको सूचना अहिले पाटन उच्च अदालतमा विचाराधी अवस्थामा छ ।

थप समाचार...

व्यापारी पृथ्वी शाहबाट निलम्बित 'गभर्नर' महाप्रसाद अधिकारीले ४ करोड कमिसन मागेपछि (भिडियाेसहित)

पृथ्वी शाहलाई नेपाल राष्ट्र बैंकको फसाउने योजना, यस्तो छ नालिबेली ?

राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णले व्यवसायीसँग ३० हजार डलर घूस मागेपछि..!

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...