५ लाख घुससहित मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगले सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
प्रतिकृया दिनुहोस