साताको सेयर बजार– ८० अंकले घट्यो परिसूचक

Nepse red

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २५ सय ४४ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा २४ सय ६४ अंकमा आइपुगेको हो ।

यसक्रममा यो साता नेप्सेमा ९ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । 
जुन, अघिल्लो साताको तुलनामा २७ प्रतिशतको गिरावट हो । अघिल्लो साता १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजार परिसूचक करिब ८० अंकले खुम्चिँदा लगानीकर्ताले १ खर्ब १३ अर्ब ५१ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्ताले उक्त रकम गुमाएसँगै गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब १२ अर्ब २७ करोड रहेको बजार पूँजीकरण घटेर ३४ खर्ब ९८ अर्ब ७६ करोड रुपैयाँमा आइपुगेको हो ।

यो साता नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...