नेप्से परिसूचक २३.४१ अंकले गिरावट

Nepse red

काठमाडाैं । शेयर बजार मापक नेप्से परिसूचक लगातार पाँचौ दिन पनि तल झरेको छ । नेप्से परिसूचक पछिल्लो पाँच दिन यता लगातार रुपमा करिव १४० अंकले गिरावट आएको हाे ।

बुधबार नेप्से परिसूचक २३.४१ अंकले घटेर २ हजार ४२८.६६ विन्दुमा झरेको हाे । त्यस्तै सेन्सेटिभ इण्डेक्स २.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले गिरावट भएको छ ।

बुधबार कारोबारमा आएका दुइ सय २६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ । अघिल्लो दिन साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो। नेप्सेको १३ उपसमूह मध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

जसमा होटल तथा पर्यटन, अन्य उपसमूहको शेयर मूल्य बढेको छ। बुधबार नेप्से गिरावट आए पनि नेश्डो लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ३.९४ प्रतिशत र युनाइटेड इदी मर्दी हाइड्रोपावरको २.३० प्रतिशतले बढेको छ। त्यस्तै इमर्जीङ्ग नेपालको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशतले गिरावट आएको छ ।

बुधबार कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख, नविल बैंकको ६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...