२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन

Nokia 21

काठमाडौं । नोकिया मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबलले दुईवटा डिस्पले भएको फोन सार्वजनिक गरेको छ । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ ।

हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोनमा ४ जीबीको इन्टरनल मेमोरी रहेको जनाइएको छ ।

फोटो खिच्नका लागि यो फोनमा सेन्सर फ्लाससहित ५ मेगापिक्सलको क्यामेरा छ । ३.८ घण्टासम्म टकटाइम रहेको यो फोनको सिङ्गल चार्ज स्ट्याण्डबाई टाइम १८ घण्टासम्मको रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यो फोनको मूल्य १९ डलर अर्थात् झण्डै २,३५० नेपाली रुपैयाँ तोकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...