सातामा १५ सयले बढ्यो सुनको मूल्य

Gold

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ५० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...