सबै स्थानीय तहका लागि छुुट्टाछुुट्टै मतपत्र बनाउने आयोगको तयारी

Nirwachan aayog  321

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसंगै निर्वाचन आयोगले चुनावको तयारी अघि बढाएको छ । यसअघि ६ किसिमका मतपत्र डिजाइन गएिकोमा अब भने आयोगले ७ सय ५३ वटै स्थानीय तहका लागि छुुट्टाछुुट्टै मतपत्र बनाउने तयारी गरेको छ ।

मतपत्रका लागि सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले छिट्टै प्रारम्भ गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । थपलियाले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने कामका लागि आयोग अघि बढिपनि बताए ।
आजसम्म संकलन वा दर्ता भएका मतदाताको जिल्लास्तरबाट रेकर्ड मगाएर फेरि गाउँपालिका र नगरपालिकास्तरमा गएर मतदाता नामावली अध्यावधिक गर्ने उनको भनाई थियो ।

निर्वाचनका प्रयोजनमा वैदेशिक सहायताका लागि दातृ निकाय र विकास साझेदार संस्थासंग छलफल अघि बढाउने भएको छ । निर्वाचन सम्बन्धी अन्तराष्टिय संघसंस्थालाई पर्यवेक्षकका लागि अनुरोध गर्ने पनि आयोगले तयारी गरेको छ ।

आयोगले यसअघिको आचारसंहितामा सुधार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले परिस्थिति परिवर्तन भएकाले पहिले बनाएको आचारसंहितामा परिमार्जन, संशोधन गरेर पालना गराउन पनि कडाईका साथ लाग्ने थपलियाले बताए । निर्वाचन सम्पन्न गर्नका लागि आयोगले ५५ किसिमका क्रियाकलाप गर्नुपर्ने भएकाले फेहरिस्त तयार गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने आयोगको तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...