पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन

Mulya bridhiko birodh

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौँ त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु.३ ले वृद्धि गरेको थियो ।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...