राष्ट्रिय वाणिज्य बैंकले क्यूआरमार्फत २ लाख रुपैयाँसम्म भुक्तानी गरिदिने, चेक एटिएम कार्ड नचाहिने

Rbb  l.t. khabr

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ लाख रुपैयाँसम्म निकाल्नका लागि चेक तथा एटिएम कार्ड बिनै क्यूआरमार्फत २ लाख रुपैयाँसम्मको नगद भुक्तानी गरिदिने भएको हो ।

बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीलेको अनुसार बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान सुरु गरेको छ ।

बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने बैंकले जनाएको छ । योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम.४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शौचालयमा लडेर युवकको मृत्यु

Dead

मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान...