यी ६ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौँ । ६ वटा कम्पनीहरुले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति दिएको हो ।
बोर्डले बलेफी हाइड्रोपावर (स्थानीय र सर्वसाधारण), ग्रिन भेन्चर (स्थानीय र सर्वसाधारण), नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्काशनको लािग अनुमति दिएको छ ।
बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेलन दिएको छ । जसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
यस्तै ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्न भर्एको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
जाल्पा सामुदायिक लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ भने इमर्जिङ नेपालले ५ करोड ५५ लाख ६० हजार रुपैयाँको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
सरकारले गत भदौ दोस्रो साता तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरेको थियो । त्यसयता लामो समय सञ्चालक समितिको बोर्ड नै बस्न सकेको थिएन । अध्यक्ष पद खाली भएको करिब ५ महिनापछि पहिलो पटक बोर्डले ती कम्पनीलाई आईपीओ अनुमति दिएको हो ।
प्रतिकृया दिनुहोस