नेप्से दोहोरो अंकले घट्यो, ४ अर्बको कारोबार
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजार दोहोरो अंकले ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११ दशमलव ६ अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ५३ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो कारोबारको तुलनामा केही कमी आएको छ ।
नेप्सेमा आज कुल २ सय २५ कम्पनीका ५४ हजार ६ सय ६४ कारोबारबाट ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा आइतबार जलविद्युत र उत्पादन तथा प्रशोधन मूलक बाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अंकले बढेको छ ।
बैंकिङ ५, ब्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैंक ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रोफाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अंकले घटेको छ ।
प्रतिकृया दिनुहोस