सेयर बजारमा ५९ अंकको गिरावट, ५ अर्ब ११ करोड ९६ लाखको कारोबार
काठमाडौँ । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ५९.४९ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको छ।
२.१६ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको हो। आज ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सयेर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। आज सबै उपसमूह राताम्मे छन्। सबैभन्दा बढी डेभलपमेन्ट बैंक उपसमूह ३.६१ प्रतिशतले घटेको छ।
प्रतिकृया दिनुहोस