सस्तियो सुनको मुल्य, चाँदीको भने स्थिर

Gold 1

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा झरेको छ।हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...