तिहारमा १५ करोड २० लाख रुपैयाँको माला बिक्री   

Sayapti full

काठमाडौँ । यस वर्षको तिहार पर्वमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री भएको छ ।फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अनुसार तिहारमा नेपालमै उत्पादन भएका १५ करोड २० लाख ७५ हजार रुपैयाँको माला बिक्री भएको हो ।

यसमध्ये सयपत्री फूलका १८ लाख १५ हजार वटा माला १२ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । यस्तै मखमलीका तीन लाख पाँच हजार माला एक करोड ६७ लाख रुपैयाँमा, गोदावरी फूलका १५ हजार माला ५२ लाख रुपैयाँमा र मखमलीका एक लाख वटा माला ३० लाख रुपैयाँमा नेपाल बाहिर निर्यात भएका छन् ।

अघिल्लो वर्षको तिहारमा झन्डै १६ लाख वटा मालाको मात्रै कारोबार भएकोमा यो वर्ष २१ लाख ३५ हजार वटा मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । सयपत्री फूलको प्रति माला ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको पाइएको छ ।

मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएकाले सयपत्री फूलको मालाको ८५ प्रतिशत माग नेपालमै उत्पादित फूलले परिपूर्ति भएको र १५ प्रतिशत आयात भएको एसोसिएशनले जनाएको छ ।गैरपुष्प व्यवसायीहरूबाट समन्वयविना नै तिहार सुरु हुनु १५/२० दिन अघि नै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्ड स्टोरु मा भण्डारण गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको झन्डै ३० प्रतिशत ओगटेको तथ्याङ्क रहेको छ ।

भारतीय मालाका कारण १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरूको गुनासो रहेको छ । आयातित फूलका कारण नेपाली उत्पादनले बजार नपाउँदा हतोत्साही भइ यसमा लागेका व्यवसायीहरू पलायन हुने हो कि भन्ने चिन्तासमेत बढ्न गएको एसोसिएशनले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...