दलित मुक्ति संगठनले कर्णालीमा ३ महिने अभियान सञ्चालन गर्ने

Dalit sangathan surkhet

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) दलित संगठन नेपाल दलित मुक्ति संगठनले कर्णालीमा तिन महिने संगठन पुनर्गठन तथा पुर्नजारण अभियान सञ्चालन गर्ने भएको छ ।

दलित मुक्ति संगठनको कर्णाली प्रदेश समितिको विस्तारित बैठक नीमबहादुर नेपालीको अध्यक्षतामा १ सय ५१ सदस्य प्रदेश समितिसमेत पुनर्गगठ नगरेको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका ७९ वटा स्थानीय तहमा संगठन विस्तार गर्न तिन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । साथै अभियान सञ्चालन गर्न जिल्ला इन्चार्ज र स्थानीय तह इन्चार्जसमेत तोकेको छ ।

दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सो विस्तारित बैठकमा एकीकेत समाजवादीका केन्द्रिय सदस्य देवी ओली, प्रदेश इन्चार्ज वसन्त विक, एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवाल लगायतले केपी शर्मा ओलीको रवाफकै कारण नेकपा एमाले विभाजन भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...