आज विश्वकर्मा पूजा मनाइँदै

Biswakarma

काठमाडौं । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।

नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा पनि मनाउने गरिन्छ । उद्यमी, श्रमिक, मजदुरहरुले गाडीहरु, मेसिनहरुको पूजा गर्छन् ।

भगवान विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । विश्वकर्मा पूजा गर्दा उद्यम गर्नेलाई उत्साह दिने र आउने समस्याहरु समाधान हुने विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...