श्रीकृष्ण जन्माष्टमी पर्वको राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।
राष्ट्रपतिले सन्देशमा यस पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’
प्रतिकृया दिनुहोस