शनिबार आँप खानु हुन्छ की हुँदैन ? यस्तो छ जान्नैपर्ने कुरा
काठमाडौं । हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक भगवानको उपसना गर्नाले सुख, शान्ति, धन प्राप्ति लगायत हुने धार्मिक मान्यता र विश्वास रही आएको छ ।
शनिवार शनिग्रहको रूप मानिने शनि देवताको वार हो । । हिन्दु धर्म अनुसार शनिबारकी माता कालीमाता हुन् । अझ शनिदेवलाई न्यायको देवता मानिन्छ ।
धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । के छ त शनिवारको विशेषता ?
– शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् । त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोला । धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन् ।
– रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस् ।
– शनिवारको मुसुरोको दाल खानबाट पनि बच्नुहोस् ।
– शनिवारको दिन आँपको अचार खाने त के सम्झदा पनि नसम्झनुहोस् । किनकी आँपको सेवन शनिदेवलाई मन पर्दैन ।
प्रतिकृया दिनुहोस