‘भ्वाइस अफ नेपाल’ को नयाँ कोच बने राजेश पायल राई

Rajesh payal rai

काठमाडौँ । चर्चित रियालिटी गायन सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेश पायल राई देखिने भएका छन् ।

यसअघिका कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि उनी एपिसोड २२ बाट कोचका रुपमा देखिने भएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका दीप श्रेष्ठले केही समय आराम गर्नु पर्ने भएकाले राईलाई कोचमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।

भिडियो सन्देशमार्फत गायक श्रेष्ठले आफ्ना प्रिय भाइ राजेश पायललाई कार्यभार सुम्पन पाउँदा खुसी लागेको बताएका छन् । कोचको कुर्सी कठिन भएकाले नडराई निर्णय गर्न सुझाव दिएका छन् ।

कोच सम्हालेसँगै राईले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...