सोमबार नारीहरु व्रत किन बस्छन् ? यस्तो छ कारण

Nari sombare brata

काठमाडौं । सोमबारको दिनलाई हिन्दू समुदायले विषेश दिनको रुपमा मान्ने गर्छन् । खासगरी सोमबार धेरै नारीहरु व्रत बस्छन् । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ ।

सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।

सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...