ठडियो रथ, तान्न कोरोनाकै पीर (फोटो कथा)
काठमाडौं । यतिबेला निषेधाज्ञाका कारण सबै प्रकारका धार्मिक गतिविधि ठप्छ छन् । भवगानका घररुहरु ताल्चा मारिएको छ । पापी कोरोना संक्रमणले हाम्रा परम्परालाई नै संकटमा पारिदिएको छ ।
अहिले रातो मच्छिन्द्रनाथको रथ निर्माणको कार्य निरन्तर रुपमा चलिरहेको छ । थाहा छैन यो साल रथ यात्रा हुन पाउँछ की पाउँदैन । तैपनि आफनो धार्मिक आस्था जोगाउन ललितपुरवासी रथ निर्माणमा लागिरहेका छन् । जसअन्तर्गत रथमा खटहरू राखी बेत तथा डोरीले बाँध्ने काम सकिएको छ ।
अघिल्लो साल पनि कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा पारेको प्रभाव र नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउनका कारण स्थगित भयो । जवरजस्ती रथ तान्न खोज्दा झडपसमेत भयो । संस्कृतिमाथि धावा बोलिएको आरोपसमेत लाग्यो । तर, दुर्भाग्य, जवरजस्ती रथ तानिँदा सो भीडमा सहभागीमध्ये केहीलाई संक्रमण भयो ।
यो वर्ष पनि रातो मछिन्द्रनाथको रथ जात्रा यस वर्ष हुने वा नहुने भन्नेमा अन्योल भएको अवस्थामा ललितपुर महानगरपालिका, जात्रासँग सम्बन्धित विभिन्न संघसँस्था तथा सरोकारवालाहरूसँगको छलफलबाट रथ निर्माण गर्ने विषयको टुंगो लागेसँगै रथ निर्माणको काम अगाडि बढाइयो । काम पनि सकियो ।
तर कोरोना संक्रमणले थलिएको बेला रथ यात्रा गर्नु उपयुक्त छ की छैन ? संस्कृति जोगाउने बहानमा अहलिे कसैलाई संक्रमण भइहाल्यो र कसैको मृत्यु भइहाल्यो भने को बन्छ अजाफदेही ? कसले लिन्छ यसको जिम्मेवारी ?
प्रत्येक वर्ष पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठ र १२ वर्षमा एकपटक बुंगमतीको रथ चउरमा रहेको जोगाम्बर पीठमा बनाइन्छ । रथमा पांग्रा जोडेको र खट निर्माण गरेको हेर्नु भनेको खुला संग्रहालयमा घुमेजस्तै हो, जहाँ हाम्रो सयौं वर्ष पुरानो संस्कृति र सभ्यता जीवित भएको अनुभूति हुन्छ ।
करिब एक हजार ६ सय वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।
लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ ।
भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।
गुठियाहरूका अनुसार चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्टदेखि रथ निर्माणको काम शुरु हुन्छ । तलामा राखिएका काठमा डोरी र बेत कँस्ने काम यँवालहरूको हो। काम शुरुभएपछि दशौँ दिनमा बाराहीहरूले रथमा पाङग्रा जोड्छन् र धःमा–बाड्गो काठ) समेत राख्ने गर्छन् । लगातार तीन दिन बाराहीहरूले तला थप्ने काम गर्ने गर्दछन । एक क्विन्टलकोे बयामो भनिने गजुर राखिने भाग रथको टुप्पोमा पु¥याउनु निकै कठिन हुने भएकोले रथको तला–तलामा बसेका व्यक्तिहरूले टाउकोमा राखेर रथको माथिल्लो भागमा वयामो अड्याउँछन् ।
रथ बनाउन ललितपुरको गोदावरी र हेटौडाको मनहरीबाट सान्दानको काठ ल्याइन्छ । बोसी थरका नेवारहरूले साइत हेराएर जंगल जाने, काठ काट्ने र तबहालस्थित गुठी संस्थानको कार्यालय अघि ल्याएर त्यसलाई आकार दिने गर्छन् ।
१२ जनाको टोलीले रथ निर्माणको साईत शुरु हुनुभन्दा पहिले नै आफ्नो काम सम्पन्न गर्ने चलन रहेको छ । अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ ।
तस्विरहरु : सुरज गौतम/निशानन्युज
प्रतिकृया दिनुहोस