पाकिस्तानमा कोरोना संक्रमणबाट २ सय बढी चिकित्सकको मृत्यु

Corona death1

एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ । यसमध्ये ७४ चिकित्सकहरू पञ्जाब राज्यका रहेका थिए भने ६४ सिन्धका थिए ।

कोरोनाभाइरसका कारण निधन भएका चिकित्सकमध्ये ५३ जना खैबर पख्तूङ्ख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मीर (पीओके) का एक गिलगित–बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायतका चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ ।

पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको छ ।

पाकिस्तानी तथ्याङ्क अनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका र सङ्क्रमण दर ७।४२ प्रतिशत रहेको बताइएको छ । पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ रहेको र अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...