अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो

Corona death1

एजेन्सी अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २२८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७० हजार ३६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख १७ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७१ लाख ४१ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९७ लाख ८५ हजार १८२ जनामध्ये २२ हजार ५६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...