तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी
एजेन्सी । म्यानमारमा भएको सैनिक ‘कु’बारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक बस्दै छ । बीबीसीका अनुसार बैठकले म्यानमारको मामिलामा आवश्यक निर्णय गर्ने तयारी छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले नेत्री आङ सान सुची, राष्ट्रपतिसहित त्यहाँका नेताहरूलाई गिरफ्तार गरिएकामा आपत्ति जनाउँदै त्यहाँका सेनाविरुद्ध आवश्यक कदम चालिने चेतावनी दिएका छन् । बाइइडनेले म्यानमारका सेनालाई तत्काल सत्ता छोड्न आग्रह गरेका छन् । अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने बाइडेनले चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस