चीनमा आगलागीबाट मृत्यु हुनेको सङ्ख्यामा १३.६ प्रतिशतले कमी

Fire 8837 1280 2

एजेन्सी । सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो ।

आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको र यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो । यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...