ट्रम्पद्धारा वासिङ्गटन डिसीमा आपतकाल घोषणा, बाइडेनको सपथ कार्यक्रम प्रभावित हुने संकेत
एजेन्सी । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।
गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । संसदमा डेमोक्रेटिक पार्टीका संसदहरुले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । बुधबार त्यसबारे मतदान हुँदैछ ।
प्रतिकृया दिनुहोस