भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका जोङ बने एसियाकै धनी

Zhong shanshan nszcmimf5h

काठमाडौँ । चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई पछि पारेका छन् ।

भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ । जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराएका छन् ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जोङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । इण्डेक्सका अनुसार जोङ सनसान अब विश्वकै ११ औं सबैभन्दा धनी व्यक्ति बनेका छन् । जोङ ुलोन उल्फको नामबाट पनि परिचित छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...