प्रचण्ड - नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक बस्दै, ओली प्रतिगमन’विरुद्ध थप सशक्त कार्यक्रम तय गर्ने
काठमाडौँ । प्रचण्ड – नेपाल नेतृत्वको नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले ‘ओली प्रतिगमन’विरुद्ध थप सशक्त कार्यक्रम तय गर्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् ।
४४ सदस्यीय नेकपा स्थायी कमिटीमा पार्टी विभाजनपछि उपाध्यक्ष बामदेव गौतम बाहेक अन्य सबै नेताहरुले आ आफ्नो कित्ता प्रष्ट पारिसकेका छन् । प्रचण्ड माधव नेपाल पक्षमा २७ जना स्थायी कमिटी सदस्य खुलेका छन् भने केपी ओलीको पक्षमा १६ जना स्थायी कमिटी सदस्य खुलेका छन् ।
कार्की पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले महासचिव चयन लगायत नेताहरुको कार्यविभाजन र कमिटी पुनर्गठनको जिम्मा पनि स्थायी कमिटीलाई नै दिएको छ ।
प्रतिकृया दिनुहोस