बेलायतमा संक्रमण बढेपछि दुई हप्तामा बीस लाख खोप दिने तयारी

Corona vaccine

लन्डन । बेलायतमा हाल जारी कडा प्रतिबन्धका बावजुद पनि कोरोना संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ ।

सोमबार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामामात्र ४१ हजार ३८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो ।

बेलायत यतिबेला कोरोना संक्रमणको दोस्रो लहरका साथै भाइरसको नयाँ संस्करणको चपेटामा परेको छ । बेलायतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २९ हजार ७३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३५७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७१ हजार १०९ पुगेको छ ।

अस्पताल भर्ना भएका कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा बढेपछि त्यहाँ पनि संकटको अवस्था सृजना भएको स्वास्थ्य विभागले जनाएको छ ।

लन्डन एम्बुलेन्स सर्भिसकाअनुसार एक दिनमा सात हजार ९१८ भन्दा बढी टेलिफोन कल प्राप्त भएको र गत वर्ष सोही दिनको तथ्याँक हेर्दा दुई हजार पाँच सय टेलिफोन कल मात्र आएको बताइएको छ ।

सोमबारमात्र गएको २४ घन्टामा दुई हजार १४३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । २१ हजारभन्दा बढी अस्पतालमा उपचार गराइरहेका छन् भने एक हजार पाँच सयभन्दा बढी भेन्टिलेटर बेडमा रहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतका अधिकांश क्षेत्रहरुमा कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर गएको भन्दै कडा प्रतिबन्ध ’टीयर ४’ लागू गरिएको छ । ‘स्टे होम’ को आदेश जारी गरिएको यस प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ ।

बेलायतमा २४ मिलियन मानिस अर्थात कुल जनसंख्याको ४० प्रतिशत कोरोना संक्रमणको अति उच्च जोखिम ‘टीयर ४’ अन्तर्गत कडा प्रतिबन्धको सास्ती खेपिरहेका छन् । बेलायतमा अहिले फाइजर–बायोएँटेकको कोरना विरुद्धको भ्याक्सिन वितरण कार्य जारी छ । हालसम्म झन्डै सात लाख मानिसले उक्त भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् ।

यसैगरी बेलायतकै अक्सफोर्डद्वारा विकसित अक्सफोर्ड एष्ट्राजेनीकाको खोप पनि केहिदिन भित्रै अनुमोदन हुँदैछ । उक्त खोप अनुमोदन हुनुअघि नै आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्डरएस्ट्राजेनेका तथा फाइजर–बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने सरकारले घोषणा गरिसकेको छ ।

अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ ।

एक डोजको मूल्य दुईदेखि तीन पाउण्डसम्म पर्न सक्ने जनाइएको छ । उक्त खोप पनि फाइजर–बायोएनटेक जस्तै प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ । हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको भाइरसको नयाँ संस्करणलाई पनि यो खोप प्रभावकारी हुने बताइएको छ ।

बेलायत सरकारले अक्सफोर्ड–एस्ट्राजेनेकाको सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ को मार्चसम्ममा वितरण गरिने सरकारले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...