कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु
काठमाडौँ । संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ ।
बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् । जनता समाजवादी पार्टीका नेताहरू बैठकमा पुग्दै रहेको स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस