संसद् विघटनले पार्टी एकतामा कुनै असर नपर्ने अध्यक्ष प्रचण्डको दाबी

Prachanda dahal


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको घटनाले पार्टी एकतामा कुनै असर नपार्ने जिकिर गरेका छन् ।

स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको भोलिपल्ट प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टीको एकतालाई कुनै तात्त्विक असर नपर्ने दाबी गरेका हुन् ।

ओलीले बालुवाटारमा आफू पक्षीय सांसदहरूको भेला गरिरहेकै बेला प्रचण्डले विज्ञप्तिमार्फत पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।

“म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ ।” प्रचण्डको विज्ञप्तिमा भनिएको छ– “नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...