आफू निकटका सांसदहरुसँग प्रधानमन्त्री ओलीले थाले छलफल, आगामी रणनीतिबारे जानकारी गराइने

131098427 237123957794216 1970867370398668489 n

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू पक्षका सांसदहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा ओली पक्षीय नेकपा सांसदहरु उपस्थित छन् ।

नेकपाका १७४ मध्ये ९० जना सांसदहरु प्रष्ट रुपमा ओलीविरुद्ध देखिएका छन् । आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ओलीले आइतबार बेलुका नै सांसदहरुलाई सोमबार बिहान बालुवाटार आउन भनेका थिए ।

आफ्नो आगामी रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट पूर्वसांसदहरुलाई बालुवाटार बोलाएका हुन् । उनीहरुसँग उनले अहिले परामर्श गरिरहेका छन् ।

उता नेकपा स्थायी समितिको बैठक अनुसार नेकपाका सांसदलाई भने संसदको ल्होत्से हलमा आउन निर्देशन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...