संसद विघटनविरुद्ध विराटनगरमा पनि प्रदर्शन
विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । नेकपा, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशिल साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको कदमविरुद्ध आइतबार साँझ नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियू विद्यार्थी संघ, नेपाली कांग्रेस निकट तरुण दल र विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले उक्त निर्णय तत्काल खारेज गर्न माग समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस