ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरे : गगन थापा

Yz0tzlqnogkw4mhsotknm0upxlujn9kmi1zdnycb

काठमाडौँ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको बताएका छन् । नेता थापाले भने, ‘वैयक्तिक स्वार्थ र आफ्ना अहम्हरुको पुष्टिकरणका लागि प्रधानमन्त्रीले जुन संसद विघटन सिफारिस गर्नुभयो। यो संविधान समत छैन अलोकतान्त्रिक छ । ओलीको अहंकार, अयोग्यता र पुर्नपुष्टि मात्र भएको हो। उहाँले आफ्ना निम्ति जनु हदसम्म पनि जान सक्नुहुन्छ भन्ने हामीले लगाउने आरोप पुष्टि गर्नुभयो।’

‘आजको प्रकरण जसरी अवतरण होला। राष्ट्रपतिमा जे होला। नेकपा भन्ने जुन पार्टीले ५ वर्षको सरकार चलाउन पाएको म्याण्डेट पनि यो सिफारिस सँगै त्यो सकियो। प्रधानमन्त्रीले शासन गर्ने वैधता गुमाउनुभयो भन्दै आएका थियौँ। आजबाट नेकपाबाट शासन गर्ने बैधता गुमायो। भोली प्राविधिक रुपमा के होला थाहा छैन तर राजनीतिक रुपमा म्याण्डेट सकियो भन्ने निष्कर्ष हो।’

आइतबार प्रधानमन्त्रीको असंवैधानिक कदमपछि आफ्नो धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीको पछिल्लो कदमले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...