प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली, बामदेव गौतम पनि सँगै

131934599 300341374748778 4906898039662731725 n

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्डको निजी निवास खुमलटार पुगेका छन् ।

केहि समयदेखि नेकपाभित्रको विवाद मत्थर पार्ने उदेश्यले ओली त्यहाँ पुगेको स्रोतको दाबी छ । भेटमा पार्टीभित्रको आन्तरिक किचलोको विषयमा छलफल हुने जनाइएको छ ।

पूर्ण सुरक्षाका साथ प्रधानमन्त्री ओली त्यहाँ पुगेका छन् । पार्टी महासचिव विष्णु पौडेल बिहानै प्रचण्ड निवास पुगिसकेका छन् भने पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि प्रधानमन्त्रीसँगै छलफलमा रहेका छन् ।

प्रतिकृया दिनुहोस