संवैधानिक परिषद् बैठक स्थगित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बस्ने गरी बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
बुधबार नेकपाका शीर्ष नेताहरुसँग अध्यादेश फिर्ता गर्ने र संवैधानिक आयोगहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले आज बिहीबार साँझका लागि फेरि परिषद्को बैठक बोलाएका थिए।
पाँच बजेका लागि बोलाएको बैठक स्थगित भएको भनी सदस्यहरुलाई केहिबेर अघि खबर पठाइएको हो।
प्रतिकृया दिनुहोस