बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

Accident logo

बझाङ । बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । टिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...