अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

Afghanisthan journ

एजेन्सी । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । हत्या हुनेमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंद रहेकी छन् । बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका थिए। गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन् । सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन् ।

हालै नेटो र युरोपियन युनियनले एक बयान जारी गरेर अफगानिस्तानमा निशाना बनाएर भइरहेको हत्याको निन्दा गरेका थिए । माएवंद एक सामाजिक अभियन्तासमेत थिइन् । उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भोग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...