सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

Arested 1

।काठमाडौँ । सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउवैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै एक महिलासँग ३ लाख ३१ हजार भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।


सिंगापुर पठाउनले प्रलोभन देखाएर उनीहरुले ती महिलासँग ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका–४ बुद्ध चोक घर भएका मनोज लामिछाने र २७ वर्षीय विशाल दर्जी रहोको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो। पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...