मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु

Tanker burnt 1140x720

एजेन्सी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो ।

बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनवटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...