बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो, ९ जनाको मृत्यु, ३४ भन्दा धेरै यात्रु घाइते

Accident new

बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।

मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रिफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

प्रहरी र स्थानीय मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका छन् । मृतकको शव निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन् । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...