भारतमा सक्रिय सङ्क्रमित तीन महिनाकै सबैभन्दा कम

Corona london 3

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो ।

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ ।

“सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक सङ्क्रमितहरुको संख्यामा पनि कमी आएको छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...