भारतमा भवन भत्किँदा ८ मजदुरको मृत्यु
नयाँ दिल्ली । भारतको निर्माणधिन भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । राजस्थानको जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणधिन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको हो । भत्किएको भवनमा झण्डै २० जना पुरिएका छन् । खोजी तथा उद्धारको काम अहिलेसम्म चलिरहेको बीबीसी हिन्दीले जनाएको छ ।
मुख्यमन्त्री अशोक गहलोतले सहायता कोषबाट मृत्यु भएका मजदुरको परिवारलाई दुई–दुई लाख र घाइतेको परिवारलाई ४०–४० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस