भारतीय विदेश सचिव शृंगला नोभेम्बर २६ मा नेपाल आउँदै

1604938584 shringla 759

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।

विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने भएका हुन् । स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।

विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सकाअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...