१२ केजी अफिमसहित दुईजना पक्राउ

Arrested

जाजरकोट । लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...