पराजयको नजिक पुग्दा ट्रम्प पुगे अदालतको शरणमा, ट्रम्प अदालत गएपछि अब के हुन्छ ?

Joe biden donald trump

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिएको छ । राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् ।

उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।

पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ । जित नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार बाइडनले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् ।

यद्यपि बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन् ।

उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् । उनले यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको बताएका छन् । यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।

पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले आज बिहान सम्बोधन गर्दै भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’ सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए ।

उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए । ‘हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ,’ उनले थपे ।

ट्रम्पले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्टपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन् ।

राष्ट«पति निर्वाचनमा मत गणना जारी रहंँदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएका छन् । मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्दा दायर भएको हो ।

मतगणना पारदर्शी नभएको आरोप लगाउंदै उनले मिसिगन अदालतमा मुद्दा दायर गरेका हुन् । अमेरिकी समाचार संस्था सीएनएनले मिसिगनमा वाइडेनले जित हासिल गरेका छन् ।

पराजित भइसकेको विसकन्सिनमा पनि ट्रम्पले मत गणनाको माग राखेका छन् । पेन्सिलभेनियामा हालसम्म ट्रम्पले नै अग्रता लिएका छन् । अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन् ।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई ‘आधारहीन’ भन्दै त्यसले ‘लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्‍याएको’ जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सासमा भने ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्यूयोर्क भने बाइडेनले जितिसकेका छन्।

यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि(दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३(३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९(२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०(२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

फ्लोरिडा ९२९०, पेन्सिनभेनिया ९२००, मिसिगन ९१६०, जर्जिया ९१६०, नर्थक्यारोलिना ९१५०, मिनासोटा ९१०० र विस्कोन्सन ९१०० राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ(आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...