आज कोजाग्रत पूर्णिमा : बडा दशैँ आजदेखि समापन हुँदै, आजै बेलुकीदेखि दुर्गापक्ष सकिने

Dashain tika

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आजदेखि समापन हुँदैछ । दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान शनिबारदेखि सुरु हुनेछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।

विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिन्छ ।

मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन ।

कोरोना संक्रमणका कारण चहलपहल नदेखिए पनि परम्पराअनुसार अधिकांसले घरघरमा मान्यजनबाट टीका ग्रहण गर्दै आर्शिवाद लिए । सहरी क्षेत्रमा दशैं सुनसान बने पनि गाउँमा भने दशैंको रौनकता निक्कै बढेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...