सुरक्षित रुपमा दशैं मनाउन शीर्ष नेताहरुको अपिल, सांस्कृतिक चाडपर्वले राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याएको प्रचण्डको भनाई

Prachanda

काठमाडौं । आज हिन्दुहरुको महान चाड बडा दशैं, घरघरमा टीका ग्रहण गर्दै मनाइँदैछ । यो अवसरमा शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

प्रधानमनत्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द किशोर पुन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतले शुभकामना दिँदै सुरक्षा अपनाउँदै दशैं मनाउन आग्रह गरेका छन् ।

यही क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।

दसैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...