बडादशैंको आज आठौं दिन, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

Durga mata

काठमाडौं । महान चाड बडादशैंको आठौं दिन आज महाष्टमी पर्व मनाइँदै छ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँछन् ।

हिन्दु नेपालीहरुको महान चाड बडादशैंको आज आठौं दिन महाअष्टमी । देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आज देवी भगवतीको पूजा गरी बलि चढाउने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने प्रचलन छ । पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन् ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ। आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ । आज राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ ।

नवरात्र अन्तर्गत आज महा दुर्गाको आठौं रुप महागौरीको पूजा गरिन्छ । परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजा गर्दा पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

अघिल्ला बर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनहरुको घुईंचो लाग्ने गरेपनि यस बर्ष त्यस्तो अवस्था छैन । कोरोना संक्रमण जोखिम फैलिन सक्ने तथ्यलाई मध्यनजर गर्दै सरकारले शक्तिपीठ तथा मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।

यसैगरी उपत्यका बाहिर नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...